परिचय

नेपालको संविधान, २०७२ अनुसार आधारभूत तथा माध्यमिक तहसम्मको शिक्षाको व्यवस्थापनको जिम्मेवारी र स्थानीय सरकार संचालन ऐन, २०७४ बमोजिम शिक्षा सम्बन्धी २३ वटा अधिकार स्थानीय तहलाई दिइएकोमा सो बाहेकका कार्यसम्पादन तथा जिल्लास्तरीय शिक्षाको समन्वय गर्ने प्रयोजनका लागि साविकको जिल्ला शिक्षा कार्यालयलाई नेपाल सरकार मन्त्रीपरिषद्को २०७४।१२।२७ को निर्णयानुसार जिल्ला प्रशासन कार्यालय अन्तर्गत शिक्षा विकास तथा समन्वय इकाइ स्थापना भएको हो । साविकको जिल्ला शिक्षा कार्यालयले गर्दै आएका कतिपय कार्यहरु तथा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको कार्यादेश र कार्यविवरणका आधारमा यस इकाइले कार्यसम्पादन गर्दै सेवाहरु उपलब्ध गराउँदछ।