अनिवार्य अवकाश तथा स्वैच्छिक अवकाश हुने शिक्षकले अनिवार्य भर्नुपर्ने विरामी विदा प्रमाणित फारामहरु
अनिवार्य अवकाश तथा स्वैच्छिक अवकाश हुने शिक्षकले अनिवार्य भर्नुपर्ने विरामी विदा प्रमाणित फारामहरु
- राष्ट्रिय किताबखाना(शिक्षक)ले २०८१ सालदेखि शिक्षकको विरामी विदाका सम्बन्धमा नयाँ फारामहरु विकास गरेको छ । ती फारामहरु सम्बन्धित विद्यालय वा स्थानीय तह वा एकाइबाट प्राप्त गरी विशेष ध्यानपूर्वक विवरण फरक नपर्ने गरी अभिलेख अनुसार भर्नुहोस् । उक्त फारामहरु विद्यालय, स्थानीय तह हुँदै एकाइमा प्रमाणित गर्नका लागि पेश गर्नुहोस् ।
अनिवार्य अवकाश हुने वा स्वैच्छिक अवकाश प्राप्त गर्ने शिक्षकले फाराम नम्बर ४ देखि ६ सम्मका फारामहरु भर्नुहोस् ।
- सबै स्थायी सेवा अवधिको बिरामी विदा उल्लेख गरी फाराम नम्बर ४ भर्नुहोस् र फाराममा तोकेबमोजिम प्रमाणित गराउनुहोस् ।
- अस्थायी सेवा गरेकोले सो अवधिको बिरामी विदा उल्लेख गरी फाराम नम्बर ५ भर्नुहोस् र फाराममा तोकेबमोजिम प्रमाणित गराउनुहोस् ।
- अस्थायी र स्थायी दुवै अवधिको बिरामी विदा भएमा सोसम्बन्धमा समष्टिगत फाराम नं ६ को तालिका भर्नुहोस् र तोकिए बमोजिम प्रमाणित गराउनुहोस्
फाराम नं ४, ५ र ६ लाई डाउनलोड गर्न दिइएका रङ्गिन लिंकमा क्लिक गर्नुहोस् ।
फाराम नं ४ः फाराम नं ४
फाराम नं ५ः फाराम नं ५ (अस्थायी सेवा गरेकाले मात्र भर्ने ।)
फाराम नं ६ः फाराम नं ६
नोटः एउटा फाराममा धेरै विद्यालय नअटेमा अर्को फाराम प्रयोग गर्नुपर्छ । यी फारामलाई तोडमोड गर्नु हुँदैन।