द्वन्दपीडित/सहिदको छात्रवृत्तिको लागि पेश गर्नुपर्ने निवेदनको ढाँचा

  •  गत आ.व. मा यस कार्यालयबाट द्वन्द्वपीडित छात्रवृत्ति प्राप्तको हकमाः

१) विद्यार्थी वा अभिभावक/∕संरक्षकको निवेदन   ।     

२) अध्ययनरत कक्षा , रोल नम्बर खुलेको विद्यालयको सिफारिस पत्र ।

३) विद्यार्थीको नागरिकता वा जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपि ।

४) मृतक, संरक्षक र विद्यार्थी बीचको नाता प्रमाणित कागजातको प्रतिलिपि  ।

५) विद्यार्थी वा संरक्षकको  बैंक खाता रहेको बैकको नाम र खाता नं । (सम्भव भए सम्म नेपाल बैक लिमिटेडको खाता नं)

ख) गत आ.व.मा कुनै कारणवश सो छात्रवृत्ति प्राप्त गर्न छुट भएका वा गत आ.व.मा अन्य जिल्लाबाट छात्रवृत्ति प्राप्त गरेको हकमाः

  1. विद्यार्थी वा अभिभावक∕ संरक्षकको निवेदन   । 
  2. अध्ययनरत कक्षा, रोल नम्वर खुलेको विद्यालयको सिफारिस पत्र  ।
  3. विद्यार्थीको नागरिकता वा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि
  4.  स्थानीय तहको सिफारिस पत्र ।
  5. मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपि  ।       
  6.     मृतक‚ संरक्षक र विद्यार्थी वीचको नाता प्रमाणित कागजातको प्रतिलिपि ।
  7. जिल्ला प्रशासन कार्यालयबाट राहत प्राप्त गरेको प्रमाणको प्रतिलिपि ।
  8. संरक्षक वा अभिभावकको नागरिकता प्रमाण पत्रको प्रतिलिपि ।
  9.  विद्यार्थी वा संरक्षकको  बैक खाता रहेको बैकको नाम र खाता नं) ( सम्भव भए सम्म नेपाल बैक लिमिटेडको खाता नम्बर) ।

 

 

 
 

ग) कक्षा १२ सम्म अध्ययनरत सहिदका सन्तत्तिका लागि छात्रवृत्तिः

क) विद्यार्थी वा अभिभावक∕ संरक्षकको निवेदन    ।         

ख) अध्ययनरत कक्षा, रोल नम्बर खुलेको विद्यालयको सिफारिस पत्र ।

ग) विद्यार्थीको नागरिकता वा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि ।

घ) स्थानीय तहको सिफारिस पत्र ।

ङ) नेपाल सरकार गृह मन्त्रालयबाट सहिद घोषण भएको प्रमाण पत्रको प्रतिलिपि ।

च) सहिद‚ संरक्षक र विद्यार्थी बिचको नाता प्रमाणित कागजातको प्रतिलिपि  ।

छ) संरक्षक वा अभिभावकको नागरिकता प्रमाण पत्रको प्रतिलिपि ।

ज) विद्यार्थी वा संरक्षकको  बैक खाता रहेको बैकको नाम र खाता नं) ( सम्भव भए सम्म नेपाल बैक लिमिटेडको खाता नं) ।

 

पुनश्च : द्वन्द्वपीडित  छात्रवृत्तिको हकमा  नागरिक राहत, क्षतिपुर्ति तथा आर्थिक  सहायता सम्बन्धी (चौथो संशोधन, २०७४) कार्यविधि, २०६६ अनुसार  मृत्तक, वेपत्ता तथा ५० प्रतिशत भन्दा बढी अपांग भएका व्यक्तिका सन्तत्तिले मात्र नियमानुसार छात्रवृत्ति प्राप्त गर्न सक्नेछ ।