परिचय

निकायको स्वरुप र प्रकृति

नेपालको संविधान, २०७२ अनुसार आधारभूत तथा माध्यमिक तहसम्मको शिक्षाको व्यवस्थापनको जिम्मेवारी  र स्थानीय सरकार संचालन ऐन, २०७४ बमोजिम शिक्षा सम्बन्धी २३ वटा अधिकार स्थानीय तहलाई दिइएकोमा सो बाहेकका कार्यसम्पादन तथा जिल्लास्तरीय शिक्षाको समन्वय गर्ने प्रयोजनका लागि साविकको जिल्ला शिक्षा कार्यालयलाई नेपाल सरकार मन्त्रीपरिषद्को २०७४।१२।२७ को निर्णयानुसार जिल्ला प्रशासन कार्यालय अन्तर्गत शिक्षा विकास तथा समन्वय इकाइ स्थापना भएको हो । शिक्षा तथा खेलकुद मन्त्रालयको च.न. ५३, २०८३।०४।२१ को पत्रानुसार भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प.सं. २०८३/०८४, च.नं. १०, मिति २०८३/४/११ को पत्र बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८३/३/३२ को निर्णयानुसार स्वीकृत भएको सङ्गठन संरचना र दरबन्दी तेरिज साथै राष्ट्रिय किताबखाना (निजामती) को प.सं. २०८३/०८४, च.नं. १५, मिति २०८३/४/२० को पद दर्ता सम्बन्धी पत्रानुसार यस शिक्षा विकास तथा समन्वय एकाइ, दाङको सङ्गठन संरचना, दरबन्दी तेरिज र कार्यविवरण स्वीकृती भएसँगै यस निकाय शिक्षा विकास तथा समन्वय एकाइको रुपमा नामाकरण भएको छ ।साविकको जिल्ला शिक्षा कार्यालयले गर्दै आएका कतिपय कार्यहरु तथा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको कार्यादेश र कार्यविवरणका आधारमा यस इकाइले  कार्यसम्पादन गर्दै  सेवाहरु  उपलब्ध गराउँदछ।  

यस एकाइका प्रमुख कार्यहरुः 

  • स्थायी  शिक्षकको निवृत्तिभरण / उपदानका सुविधाका लागि राष्ट्रिय किताबखाना (शिक्षक) मा  सिफारिस गर्ने ।
  • शिक्षकको उपदान/बिरामी विदा/औषधी उपचार खर्च रकमको भुक्तानी गर्ने ।
  • स्थायी शिक्षकको राजीनामा, आसाधारण, बेतलवी विदा स्वीकृत गर्ने
  • शिक्षकको  बढुवा नियुक्ति र स्थायी  नियुक्ती दिने ।
  • शिक्षकको सरुवा व्यवस्थापन गर्ने ।
  • अध्यापन अनुमतिपत्रको वितरण गर्ने ।
  • एसएलसी/एसइइ परीक्षा उतीर्ण विद्यार्थीको नाम, थर, उमेर र हिज्जे संशोधनका लागि सम्बन्धित निकायमा सिफारिस गर्ने ।
  • द्वन्दपीडित छात्रवृत्तिको सुविधा उपलब्ध गराउने ।
  • छोटो अवधिको विभिन्न तालिम, अभिमुखीकरण, कार्यशाला आदीको सञ्चालन एवम् समन्वय गर्ने ।
  • स्थानीय तहसँगको समन्वय तथा प्रावधिक सहजीकरण गर्ने ।
  • संघ र प्रदेश तोकिएका अन्य कार्यहरु सम्पादन गर्ने ।