वि.सं:
नेपाल संवत: ११४५ तछलागा आमै - ३०
निकायको काम, कर्तव्य र अधिकारः–
• स्थायी शिक्षकको निवृत्तिभरण / उपदानका सुविधाका लागि राष्ट्रिय किताबखाना (शिक्षक) मा सिफारिस गर्ने ।
• शिक्षकको उपदान/बिरामी विदा/औषधी उपचार खर्च रकमको भुक्तानी गर्ने ।
• स्थायी शिक्षकको राजीनामा, आसाधारण, बेतलवी विदा स्वीकृत गर्ने ।
• शिक्षकको बढुवा नियुक्ति र स्थायी नियुक्ती दिने ।
• शिक्षकको सरुवा व्यवस्थापन गर्ने ।
• अध्यापन अनुमतिपत्रको वितरण गर्ने ।
• एसएलसी/एसइइ परीक्षा उत्तीर्ण विद्यार्थीको नाम, थर, उमेर र हिज्जे संशोधनका लागि सम्बन्धित निकायमा आवश्यक कार्यका कार्य सम्पादन गरी पठाउने ।
• द्वन्दपीडीत छात्रवृत्तिको सुविधा उपलब्ध गराउने ।
• छोटो अवधिको विभिन्न तालिम, अभिमुखीकरण, कार्यशाला आदीको सञ्चालन एवम् समन्वय गर्ने ।
• स्थानीय तहसँगको समन्वय तथा प्रावधिक सहजीकरण गर्ने ।
• संघ र प्रदेश तोकिएका अन्य कार्यहरु सम्पादन गर्ने ।